अध्यादेश जारी भएसँगै यी संस्थाका १५९४ जना पदाधिकारीको पद जाने

काठमाडौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन् […]
गैंडाकोटमा साप्ताहिक भजन श्रृङ्खला सुरु

नवलपरासी, १९ वैशाख । गैंडाकोटमा साप्ताहिक भजन श्रृङ्खला सुरु भएसँगै क्षेत्र भक्तिमय बनेको छ । गैंडाकोट युवा भजन समूहको आयोजनामा शनिबारदेखि भजन कार्यक्रम सञ्चालनमा आएको हो । गैंडाकोट नगरपालिका –८ स्थित कालिका मन्दिर परिसरको कालिका आश्रममा सुरु गरिएको भजन कार्यक्रमले स्थानीयस्तरमा आध्यात्मिक ऊर्जा र सामूहिक भक्ति भावलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ । हरेक […]
जङ्गलबीचको सडक यात्रा असुरक्षित : वन्यजन्तु र मानव दुवैको सुरक्षामा ध्यान दिन आग्रह

चितवन, १९ वैशाख । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी पूर्वको लोकाहा उकालो क्षेत्रमा वन्यजन्तु सुरक्षाका लागि स्पीड लिमिट बोर्ड राखिएको छ । घना जङ्गलबीच पर्ने यस सडक खण्डमा सवारी साधनको गति नियन्त्रणमार्फत दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरिएको हो । स्थानीयवासीका अनुसार सडक विस्तारसँगै विकासको गति बढे पनि यात्रा सुरक्षाको पक्ष अझै चुनौतीपूर्ण रहेको छ । विशेषगरी […]
एसईईपछि सिप सिक्दै विद्यार्थी : ग्रीनल्याण्डमा नि:शुल्क तालिम

भरतपुर, १९ वैशाख । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा एसईई दिएर बसेका विद्यार्थीका लागि सञ्चालन गरिएको नि:शुल्क सिपमूलक तालिम सम्पन्न भएको छ । वैशाख १३ गतेदेखि सुरु गरिएको तालिम शनिबार सम्पन्न भएको हो । समापन समारोहका प्रमुख अतिथि काठमाडौं बेकरीका सिइओ प्रकाश श्रेष्ठले एसईईपछि खाली समय सदुपयोग गर्दै सीप सिक्ने अवसर उपलब्ध गराउनु सराहनीय भएको बताए […]