स्याङ्जामा `स्रष्टा राज्यसत्ताको स्थायी प्रतिपक्ष´ विषयमा बहस

स्याङ्जा, १६ वैशाख ।
चौथो राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ (२००८), स्याङ्जाको आयोजनामा `स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष´ विषयक अन्तरक्रियासहित सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

वैशाख १६ गते वालिङ नगरपालिका–६ मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाकक्षमा आयोजित कार्यक्रममा युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षता रहेको थियो । कार्यक्रममा अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी र अनन्त अर्यालले `स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष´ विषयमा सारगर्भित धारणा राखेका थिए । शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्याङ्जाका विभिन्न स्रष्टाहरू शोभाकान्त रेग्मी, वसन्त खनाल, शम्भु अर्याल, नारायणप्रसाद रेग्मी, सुलभ खनाल र ढालबहादुर के.सी.लगायतले आफ्ना सिर्जनात्मक रचना वाचन गरेका थिए ।

युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले कार्यक्रमको सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट