स्याङ्जामा `स्रष्टा राज्यसत्ताको स्थायी प्रतिपक्ष´ विषयमा बहस

स्याङ्जा, १६ वैशाख । चौथो राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ (२००८), स्याङ्जाको आयोजनामा `स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष´ विषयक अन्तरक्रियासहित सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । वैशाख १६ गते वालिङ नगरपालिका–६ मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाकक्षमा आयोजित कार्यक्रममा युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षता रहेको थियो । कार्यक्रममा अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा […]
चितवनमा आर्थिक गणना तीव्र : १० हजार हाराहारी प्रतिष्ठानको तथ्याङ्क संकलन

चितवन, १६ वैशाख । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत चितवन जिल्लाका सातवटै स्थानीय तहमा गणकहरू घरघर, पसल–पसल तथा विभिन्न व्यावसायिक प्रतिष्ठानमा पुगेर तथ्याङ्क संकलन कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा देशभरका ७७ जिल्लामा सञ्चालन भइरहेको यो अभियान वैशाख २ गतेदेखि सुरु भई आगामी असार ७ गतेसम्म सञ्चालन हुने जिल्ला आर्थिक गणना कार्यालय चितवनकी […]
राष्ट्रपति रनिङ शिल्ड लक्ष्य : चितवनका खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा

चितवन, १६ वैशाख । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि चितवनका खेलाडीहरूलाई पहिलो पटक बन्द प्रशिक्षण सुरु गरिएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले बुधबारदेखि उक्त प्रशिक्षण सञ्चालनमा ल्याएको हो । बैशाख २५ गतेसम्म सञ्चालन हुने बन्द प्रशिक्षणको उद्घाटन एक कार्यक्रमका बीच गरिएको छ । प्रशिक्षणमा खेलाडी र टिम व्यवस्थापकसहित कुल १०१ जना सहभागी […]