चितवनमा आर्थिक गणना तीव्र : १० हजार हाराहारी प्रतिष्ठानको तथ्याङ्क संकलन

चितवन, १६ वैशाख ।
राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत चितवन जिल्लाका सातवटै स्थानीय तहमा गणकहरू घरघर, पसल–पसल तथा विभिन्न व्यावसायिक प्रतिष्ठानमा पुगेर तथ्याङ्क संकलन कार्यलाई तीव्रता दिइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा देशभरका ७७ जिल्लामा सञ्चालन भइरहेको यो अभियान वैशाख २ गतेदेखि सुरु भई आगामी असार ७ गतेसम्म सञ्चालन हुने जिल्ला आर्थिक गणना कार्यालय चितवनकी जिल्ला आर्थिक गणना अधिकारी रेणु कुमारी घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस अभियानअन्तर्गत औपचारिक तथा अनौपचारिक सबै प्रकारका व्यवसाय, उद्योग, व्यापार, सेवा, होटल, यातायात, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रतिष्ठान, अस्पताल, सरकारी तथा गैरसरकारी संघसंस्था तथा दर्ता भई सञ्चालनमा रहेका कृषि फार्मलगायत सबै प्रतिष्ठानको विवरण संकलन भइरहेको छ ।

गणनामा प्रतिष्ठानहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण संकलन, प्रशोधन, विश्लेषण र प्रकाशन गरिनेछ ।
देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएका छन् ।

चितवनका ७ स्थानीय तहमा तथ्याङ्क संकलनका लागि १३३ जना गणक र १७ जना सुपरिवेक्षक खटिएका छन् ।
“अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन भइरहेको यो दोस्रो आर्थिक गणना हो । पहिलो आर्थिक गणना वि.सं. २०७५ मा सम्पन्न भएको थियो ।

जिल्ला आर्थिक गणना अधिकारी घिमिरेका अनुसार, सबै व्यवसाय तथा प्रतिष्ठानको आधारभूत विवरण संकलन गर्न, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लगायत आर्थिक सूचकहरूलाई विश्वसनीय बनाउन तथा राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनका लागि आवश्यक तथ्याङ्क तयार गर्न आर्थिक गणना २०८२ सञ्चालन गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट