दशरथ रंगशालामा सुकुम्बासीको तथ्याङ्क संकलन सुरु

काठमाडौं, १३ वैशाख ।
सरकारले उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा डोजर अभियानलाई निरन्तरता दिइरहँदा दशरथ रंगशालामा भने सुकुम्बासी परिवारहरूको दर्ता प्रक्रिया सुरु गरिएको छ ।

थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका बस्तीहरूमा संरचना हटाउने कार्य भइरहँदा सम्बन्धित निकायहरूले विस्थापित तथा प्रभावित परिवारहरूको विवरण संकलन गर्न थालेका हुन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले संयुक्तरूपमा दर्ता कार्य सञ्चालन गरिरहेका छन् ।

समितिका आयोजना उपनिर्देशक विदुर झाका अनुसार हालसम्म ३४० परिवारको विवरण दर्ता भइसकेको छ । दर्ता प्रक्रियामार्फत वास्तविक सुकुम्बासीको पहिचान गरी आगामी व्यवस्थापन तथा पुनःस्थापनाका लागि आधार तयार पार्ने उद्देश्य राखिएको बताइएको छ ।

सरकारले एकातिर नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान तीव्र बनाएको छ भने अर्कोतर्फ प्रभावित परिवारहरूको तथ्याङ्क संकलन गर्दै व्यवस्थापनको तयारी अघि बढाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट