भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूको शपथ ग्रहण सम्पन्न

भरतपुर, ११ वैशाख ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूको शपथ ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख तथा प्रतिष्ठानका संरक्षक चित्रसेन अधिकारीले प्रतिष्ठानका अध्यक्ष, प्राज्ञ परिषद्का सदस्य तथा प्राज्ञ सभाका सदस्यहरूलाई मनोनयन पत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण कार्यक्रममा नवगठित प्रतिष्ठानका अध्यक्ष प्रा. डा. नारायणप्रसाद खनाल, परिषद् सदस्यहरू केदारनाथ खनाल, प्रा. डा. कर्णबहादुर बानियाँ र विद्या चिराग तथा प्राज्ञ सभाका सदस्यहरूलाई शपथ खुवाइएको थियो ।

महानगरपालिकाले प्राज्ञ सभा सदस्यहरूमा डा. धनेश्वर भट्टराई, डा. केशवराज चालिसे, रमाकान्त सापकोटा, गायत्री श्रेष्ठ, रमेश प्रभात, वसन्त पराजुली, डी.आर. पोखरेल, हरि योञ्जन, किसान प्रेमी, पुष्प अधिकारी अञ्जलि, भजुमनराम महतो, पूर्णप्रसाद अधिकारी, लक्ष्मीकान्त शर्मा पौडेल (लकाश), ईश्वर कँडेल, प्रकाश थापा, देव श्रेष्ठ, शान्ति शर्मा र सरला जोशीलाई मनोनयन गरेको छ ।

यसैगरी, महानगरले क्रियाशील साहित्यिक तथा सांस्कृतिक संस्थाहरूबाट चितवन साहित्य परिषद्, साहित्य संगम चितवन, नारायणी कला मन्दिर, भाषा–साहित्य–कला संस्कृति प्रतिष्ठान नेपाल र गजल मञ्च चितवनका अध्यक्षहरूलाई समेत प्राज्ञ सभा सदस्यमा मनोनयन गरेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट