स्थानीय पाठ्यक्रममा ‘रक्तदान शिक्षा’समावेश गर्न महानगरलाई ध्यानाकर्षण

भरतपुर, ११ वैशाख । स्थानीय पाठ्यक्रम (local curriculum) मा रक्तदान शिक्षालाई समावेश गर्न शैक्षिक प्रशासन महाशाखालाई रक्त अभियन्ताहरूले ध्यानाकर्षण गराएका छन् । महाशाखा प्रमुख सुवासचन्द्र आचार्यलाई एक ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै यही शैक्षिक सत्रदेखि रक्तदान शिक्षाको विषयवस्तु समावेश गर्न अनुरोध गरिएको हो । कार्यक्रममा डाक्टर भोजराज अधिकारी, डाक्टर प्रतीक न्यौपाने, डाक्टर सिर्जना भुर्तेल, अर्जुन अधिकारी, […]

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

मकवानपुर, ११ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकार पदमा दामोदर खनाल नियुक्त भएका छन् । विहीबारको मन्त्रिपरिषद्को वैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदमा खनाललाई नियुक्त गरिएको हो । उनी नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ को सभापति हुन् । यसैगरी खनाल बकैया गाउँपालिकाका २०७४ सालको निर्वाचनमा विजयी पालिका अध्यक्ष समेत हुन् । […]

भरतपुर कारागारमा निःशुल्क औषधि वितरण

भरतपुर, ११ वैशाख । नेपाल औषधि प्रतिनिधि संघ (NMSRA) नारायणगढले भरतपुर कारागारमा रहेका कैदीबन्दीहरूलाई निःशुल्क औषधि वितरण गरेको छ । कारागारका नायब सुब्बा चेतनाथ ढुंगानाको उपस्थितिमा आयोजित कार्यक्रममा कैदीबन्दीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक औषधिहरू उपलब्ध गराइएको हो । संघका अध्यक्ष शेषकान्त खनालका अनुसार गर्मीयाम सुरु भएसँगै झाडापखाला, आउँ, हैजा, जण्डिसलगायत विभिन्न सङ्क्रामक रोगहरूको जोखिम […]