भरतपुर कारागारमा निःशुल्क औषधि वितरण

भरतपुर, ११ वैशाख ।
नेपाल औषधि प्रतिनिधि संघ (NMSRA) नारायणगढले भरतपुर कारागारमा रहेका कैदीबन्दीहरूलाई निःशुल्क औषधि वितरण गरेको छ ।
कारागारका नायब सुब्बा चेतनाथ ढुंगानाको उपस्थितिमा आयोजित कार्यक्रममा कैदीबन्दीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक औषधिहरू उपलब्ध गराइएको हो । संघका अध्यक्ष शेषकान्त खनालका अनुसार गर्मीयाम सुरु भएसँगै झाडापखाला, आउँ, हैजा, जण्डिसलगायत विभिन्न सङ्क्रामक रोगहरूको जोखिम बढ्ने भएकाले सोहीअनुसार औषधि वितरण गरिएको हो ।

निःशुल्क औषधि प्राप्त गरेपछि कैदीबन्दीहरू खुसी देखिएका थिए । उक्त कार्यक्रमले कारागारभित्र स्वास्थ्य सचेतना अभिवृद्धि गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खनाल हालै सम्पन्न १२औँ इकाई अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । माडी–७, देबेन्दपुर निवासी खनाल हाल रोजगारीका सिलसिलामा भरतपुरमा बसोबास गर्दै आएका छन् ।

कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी तथा शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट