गैंडाकोटमा युवाहरूद्वारा भजन समूह गठनको पहल

गैंडाकोट, १० वैशाख ।
गैंडाकोटमा युवाहरूको सक्रियतामा धर्म, संस्कार तथा भजन–कीर्तनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भजन समूह गठनबारे छलफल गरिएको छ । समाजमा बढ्दो व्यस्तता र आधुनिक जीवनशैलीका कारण ओझेलमा पर्दै गएका धार्मिक तथा सांस्कृतिक अभ्यासलाई पुनः जागृत गराउने लक्ष्यसहित युवाहरू एकजुट भएका हुन् ।

छलफलले ज्योतिष आचार्य रवीन्द्र चापागाईँको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । समितिको सह–संयोजकमा कुशल सापकोटा चयन भएका छन् । सदस्यहरूमा पवित्रा पौडेल, केशव कँडेल, दिपेश अधिकारी, आस्था घिमिरे, रुपेश सापकोटा र अभियान पाठक रहेका छन् ।

यसैगरी, सल्लाहकार/संयोजकहरूमा गोविन्द घिमिरे, टंकप्रसाद सापकोटा र लेखराम सापकोटा रहेका छन् ।
छलफलमा सहभागीहरूले भजन–कीर्तनले मानिसलाई आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै सामाजिक एकता, सद्भाव र नैतिक मूल्यहरूलाई सुदृढ बनाउने धारणा व्यक्त गरेका छन् । साथै, यस्ता गतिविधिले युवा पुस्तालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्दै संस्कारयुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

समितिले आगामी दिनमा नियमित भजन–कीर्तन कार्यक्रम सञ्चालन गर्ने, धार्मिक चेतना अभिवृद्धि गर्ने तथा समाजमा सकारात्मक ऊर्जा फैलाउने योजना अघि सारेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट