काठमाडौं, ९ वैशाख
वैशाख १४ गते सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् । जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेपछि परीक्षा केन्द्रको संख्या पनि कम भएको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जनाए ।



