गैंडाकोटमा साहित्यिक उत्सव : लम्साल र भट्टराई सम्मानित, दुई कृति विमोचन

गैंडाकोट, ९ वैशाख ।
त्रिवेणी साहित्य प्रतिष्ठान, गैंडाकोटले आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा प्रख्यात स्रष्टाहरूलाई सम्मान गरिनुका साथै दुई महत्वपूर्ण कृतिको विमोचन गरिएको छ ।

कार्यक्रममा साहित्यकार नवराज लम्साललाई त्रिवेणी–इन्द्रराज काव्य पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेल, विशिष्ट साहित्यकार चूडामणि बन्धु र गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीलगायतले संयुक्त रूपमा लम्साललाई सम्मान गर्नुभएको हो ।

यसैगरी, त्रिवेणी–तीर्थराज कोइराला छन्द काव्य पुरस्कारबाट साहित्यकार कल्पना अधिकारी भट्टराईलाई सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

सम्मानित स्रष्टाद्वयको योगदानबारे क्रमशः केदारनाथ खनाल र राधा कोइरालाले परिचय मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा त्रिवेणी साहित्य परिषद्का उपाध्यक्ष तथा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । त्रिवेणी साहित्य प्रतिष्ठानका संस्थापक प्राडा नारायणप्रसाद खनाल, कविवर गोविन्दराज विनोदी र गोविन्द कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा साहित्यकार सदानन्द अभागी जैसीको ‘स्वर्गको यात्रा’ महाकाव्य विमोचन गरिएको छ । उक्त कृति पौराणिक विषयवस्तुमा आधारित समीक्षात्मक महाकाव्यका रूपमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी जैसीले नै लेख्नुभएको ‘इन्द्रराज पौडेलको व्यक्तित्व र कृतित्व’ नामक पुस्तक पनि सार्वजनिक गरिएको छ, जसमा पौडेलको साहित्यिक योगदानमाथि समालोचनात्मक अध्ययन गरिएको छ ।

दुवै कृति त्रिवेणी साहित्य प्रतिष्ठानबाट प्रकाशित भएका हुन् भने प्रा.डा. नारायणप्रसाद खनालले सम्पादन गर्नुभएको हो । कृतिहरूका बारेमा प्राध्यापक विष्णु पन्थी र कपिल अज्ञातले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव भूमीश्वर शर्माले गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट