भरतपुर, ६ वैशाख ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको अङ्ग्रेजी विभागद्वारा आयोजित विभागीय पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
प्रा. डा. कृष्णप्रसाद पौड्यालको संयोजकत्व, विभागीय प्रमुख डा. अङ्गदकुमार गुप्ताको सभापतित्व तथा क्याम्पस प्रमुख प्रा. डा. प्रेमसागर भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख, पूर्व सहायक क्याम्पस प्रमुख, पूर्व विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा प्राध्यापकहरू तथा पूर्व विद्यार्थीहरूले अनुभव आदानप्रदान गर्दै शिक्षण पेशामा बढ्दो चुनौती र बदलिँदो सामाजिक दृष्टिकोणबारे चर्चा गरेका थिए । दीर्घ अन्तरालपछि गुरु–शिष्य र साथीहरूबीच भेटघाटको अवसर जुटाएको उक्त कार्यक्रमले शिक्षा र संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।





