नेपाल-भारत सीमामा कडाइ : सत्तारूढ दलका सांसद नै असन्तुष्ट

काठमाडौं, ६ वैशाख । नेपाल-भारत सीमामा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने निर्णयप्रति सत्तारूढ दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । सांसदहरूले यो निर्णयले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई सास्ती दिएको भन्दै गृहमन्त्रीसँग पुनर्विचार गर्न माग गरेका छन् । मधेशका युवाहरूले समेत काठमाडौंमा प्रदर्शन गर्दै सो प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् ।

अङ्ग्रेजी विभागको पुनर्मिलन कार्यक्रम सम्पन्न

भरतपुर, ६ वैशाख । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको अङ्ग्रेजी विभागद्वारा आयोजित विभागीय पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रा. डा. कृष्णप्रसाद पौड्यालको संयोजकत्व, विभागीय प्रमुख डा. अङ्गदकुमार गुप्ताको सभापतित्व तथा क्याम्पस प्रमुख प्रा. डा. प्रेमसागर भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख, पूर्व सहायक क्याम्पस प्रमुख, पूर्व […]

वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

वीरगन्ज, ६ वैशाख  वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आइतबार बिहानदेखि सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडक राष्ट्रिय राजमार्गको मापदण्डअनुरूप दायाँ र बायाँ २५-२५ मिटर चौडा पार्ने काम आइतबार बिहानदेखि डोजर चलाएर सुरु गरिएको हो । सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत […]

`हिमाली दर्शन’ र ‘अविश्रान्त अवनी’माथि भरतपुरमा साहित्यिक परिचर्चा

भरतपुर, ६ वैशाख । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, चितवनको आयोजनामा शनिबार भरतपुरस्थित वीरेन्द्र क्याम्पसमा दुई महत्वपूर्ण कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क. मोहन वैद्यद्वारा लिखित ‘हिमाली दर्शन’ र ईश्वरी ओझाद्वारा रचित महाकाव्य ‘अविश्रान्त अवनी’माथि समीक्षात्मक विमर्श गरिएको थियो । ‘हिमाली दर्शन’ कृतिमाथि दर्शनशास्त्रका ज्ञाता तथा मार्क्सवादी चिन्तक गोपीरमण उपाध्यायले चर्चा गरेका थिए […]