सितेरियो कराँते सङ्घ चितवनको साधारणसभामा विभिन्न व्यक्ति सम्मानित

चितवन, ५ वैशाख ।
नेपाल सितेरियो कराँते संघ चितवन शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभा भरतपुर – १० स्थित सङ्घको ट्रेनिङ हलमा शनिबार भएको हो ।

साधारणसभाले सङ्घलाई स्थापनाकालदेखि सहयोग गर्नेहरुलाई सम्मान गरेको छ । सङ्घलाई भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका भीमबहादुर गुरुङ सम्मानित भए । सङ्घको भवन निर्माणमा २२ लाख २ हजार ४९७ रुपैयाँ सहयोग गरेका कराते महासङ्घ बाग्मती प्रदेश अध्यक्ष तथा चितवनका संस्थापक गगन लामा, २१ लाख ८५ हजार ५७५ रुपैयाँ सहयोग गरेका गरेका पूर्णकुमार डङ्गोल र एक लाख ६ हजार रुपैयाँ सहयोग गरेका गरेका हेमन्त पाख्रीन सम्मानित भएका छन् ।

यस्तै सङ्घले चितवन जिल्ला खेलकुद विकास समिति, रत्नकुमार मानन्धर, छविरमण तिमिल्सिना, चित्रबहादुर रानामगर, पूर्णसिं लामा, संगम जोशीलगायतलाई पनि सम्मान गरेको छ । उनीहरुले पनि सङ्घको भवन निर्माणमा नगद तथा जिन्सी सहयोग गरेका थिए ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर – १० का वडाध्यक्ष परमेश्वर खनाललगायतले सम्मान गरेका थिए । यसैबीच साधारणसभाले सङ्घको प्रगति तथा आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । कार्यक्रम सङ्घका अध्यक्ष चित्रबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट