गौरीको ‘सैँप्रोल’ कवितासङ्ग्रहमाथि भरतपुरमा साहित्यिक विमर्श

भरतपुर, ५ वैशाख । कवि गौरी तमूको नयाँ कवितासङ्ग्रह ‘सैँप्रोल’ माथि केन्द्रित साहित्यिक कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार भएको कार्यक्रममा कवितावाचनसँगै कृतिमाथि समीक्षात्मक विमर्श गरिएको थियो । कार्यक्रममा स्रस्टा तमूले आफ्नो पहिलो कृति ‘समैँ दर्वानी’ मुक्तकसङ्ग्रह तथा हालै प्रकाशित ‘सैँप्रोल’ बाट मुक्तक र कविता प्रस्तुत गरिन् । उनका रचनामा […]

एसइईपछि खेलतर्फ आकर्षण बढाउन ‘गुरुकुल एसइई फुटसल कप’ हुँदै

चितवन, ५ वैशाख । भरतपुर महानगरपालिका–९ स्थित गुरुकुल कलेजले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ‘गुरुकुल एसइई फुटसल कप’ आयोजना गर्ने भएको छ । वैशाख ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । कलेजका अनुसार परीक्षा सकेपछि विद्यार्थीलाई सिर्जनात्मक र स्वास्थ्यकर गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो […]

शारदानगर जेसीज सम्मानित

चितवन, ५ वैशाख । शारदानगर जेसीजले मार्च महिनाका सम्पूर्ण काम सफलतापूर्वक सम्पन्न गरेपछि नेपाल जेसीजबाट सम्मान प्राप्त गरेको छ । शुक्लागण्डकी जेसीजको आतिथ्यमा आयोजित एरिया ‘वि’ अध्यक्ष भेलामा वर्ष २०२६ का अध्यक्ष जेसी रमेश घिमिरेलाई उक्त सम्मान प्रदान गरेको हो । संस्थाले तोकिएको समयमै सबै जिम्मेवारी पूरा गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा सम्मान प्रदान […]

सितेरियो कराँते सङ्घ चितवनको साधारणसभामा विभिन्न व्यक्ति सम्मानित

चितवन, ५ वैशाख । नेपाल सितेरियो कराँते संघ चितवन शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभा भरतपुर – १० स्थित सङ्घको ट्रेनिङ हलमा शनिबार भएको हो । साधारणसभाले सङ्घलाई स्थापनाकालदेखि सहयोग गर्नेहरुलाई सम्मान गरेको छ । सङ्घलाई भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका भीमबहादुर गुरुङ सम्मानित भए । सङ्घको भवन निर्माणमा […]

सभापतिद्वारा पार्टी पुनर्जागरणका लागि एकजुट हुन आग्रह

भरतपुर, ५ वैशाख । सर्वोच्च अदालतको निर्णयपछि पार्टी एकताबद्ध हुने वातावरण बनेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सबै नेता–कार्यकर्तालाई साझा यात्रामा अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले यो विषयलाई जित–हार नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताउँदै पार्टी सुदृढीकरणमा सबैको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । सभापतिले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया […]