चितवन, ५ वैशाख ।
शारदानगर जेसीजले मार्च महिनाका सम्पूर्ण काम सफलतापूर्वक सम्पन्न गरेपछि नेपाल जेसीजबाट सम्मान प्राप्त गरेको छ ।
शुक्लागण्डकी जेसीजको आतिथ्यमा आयोजित एरिया ‘वि’ अध्यक्ष भेलामा वर्ष २०२६ का अध्यक्ष जेसी रमेश घिमिरेलाई उक्त सम्मान प्रदान गरेको हो ।
संस्थाले तोकिएको समयमै सबै जिम्मेवारी पूरा गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा सम्मान प्रदान गरिएको जनाइएको छ ।
यस उपलब्धिले शारदानगर जेसीजका सदस्यहरूको समर्पण, सक्रियता तथा नेतृत्व क्षमतालाई उजागर गरेको छ ।
साथै, आगामी दिनमा अझ प्रभावकारी र सशक्त कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।



