भरतपुर, २६ चैत ।
भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानमा नयाँ नेतृत्व चयन गरिएको छ । महानगर प्रज्ञा–प्रतिष्ठान ऐन, २०७८ (प्रथम संशोधन २०८२) को दफा १०(३) बमोजिम कार्यवाहक प्रमुख तथा प्रतिष्ठानका संरक्षक चित्रसेन अधिकारीले प्रा.डा. नारायणप्रसाद खनाललाई रिक्त अध्यक्ष पदमा मनोनयन गर्नुभएको हो ।
यसैगरी, प्राज्ञ परिषद् सदस्यमा केदारनाथ खनाल, प्राडा कर्णबहादुर बानियाँ र विद्या भण्डारी चिरागलाई मनोनयन गरिएको छ । त्यस्तै, डा. धनेश्वर भट्टराई, डा. केशवराज चालिसे, गायत्री श्रेष्ठ, रामहरि श्रेष्ठ, रमाकान्त सापकोटा, किसान प्रेमी, हरि योञ्जन, पूर्णप्रसाद अधिकारी, डीआर पोखरेल, रमेश प्रभात, भजुमन राम महतो, वसन्त पराजुली, लक्ष्मीकान्त शर्मा पौडेल (लकाश), प्रकाश थापा प्रथा, ईश्वर कंडेल, शान्ति शर्मा, सरला जोशी, पुष्प अधिकारी अञ्जली र देव श्रेष्ठलाई प्राज्ञसभाको सदस्यमा मनोनयन गरिएको छ ।
महानगर क्षेत्रभित्र क्रियाशील साहित्यिक तथा सांस्कृतिक संस्थाका अध्यक्षहरूमध्ये चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, साहित्य संगम चितवनका अध्यक्ष रह शर्मा, भाषा, कला तथा संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष डा. एकनारायण पौड्याल, कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री तथा गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासलाई पनि प्राज्ञसभाको सदस्यमा मनोनयन गरिएको छ ।
यसै अवसरमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष, परिषद् सदस्य तथा प्राज्ञसभा सदस्यहरूलाई एक कार्यक्रममार्फत सम्मान गरिएको छ । कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निवर्तमान अध्यक्ष इन्द्रप्रसाद रेग्मी सहित विगत चार वर्षदेखि प्रतिष्ठानमा योगदान दिएका परिषद् सदस्य र प्राज्ञसभा सदस्यहरूलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती र उपसचिव सुवाष आचार्यले सीमित साधन–स्रोतका बाबजुद पनि प्रतिष्ठानले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।




