इरान युद्धविरामप्रति विश्वको संशय: इजरायलको आक्रामकताले बढायो महासंकटको जोखिम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनी र पाकिस्तानको मध्यस्थतापछि इरानसँग भएको युद्धविरामलाई विश्व समुदायले स्वागत गरेको भए पनि यसको स्थायित्वप्रति प्रमुख शक्ति राष्ट्रहरूले गम्भीर आशंका व्यक्त गरेका छन् । विशेषतः इजरायलले सैन्य कारबाहीलाई निरन्तरता दिने अडान कायम राखेपछि सहमति कार्यान्वयनमै चुनौती देखिएको छ । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कल्लास र फ्रान्सका राष्ट्रपति इमानुयल […]
भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानमा प्राडा नारायणप्रसाद खनाल अध्यक्षमा मनोनित

भरतपुर, २६ चैत । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानमा नयाँ नेतृत्व चयन गरिएको छ । महानगर प्रज्ञा–प्रतिष्ठान ऐन, २०७८ (प्रथम संशोधन २०८२) को दफा १०(३) बमोजिम कार्यवाहक प्रमुख तथा प्रतिष्ठानका संरक्षक चित्रसेन अधिकारीले प्रा.डा. नारायणप्रसाद खनाललाई रिक्त अध्यक्ष पदमा मनोनयन गर्नुभएको हो । यसैगरी, प्राज्ञ परिषद् सदस्यमा केदारनाथ खनाल, प्राडा कर्णबहादुर बानियाँ र विद्या भण्डारी चिरागलाई मनोनयन […]
गैंडाकोट प्रज्ञा पुरस्कारबाट सुवर्ण र शारदा सम्मानित

गैंडाकोट, २६ चैत । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको चौथो स्थापना दिवसका अवसरमा यहाँका दुईजना साधक सम्मानित हुनुभएको छ । गैंडाकोट प्रज्ञा पुरस्कार – २०८२ बाट कलासाधक सुवर्ण प्रधान र संगीतसाधक शारदा सापकोटा सम्मानित हुनुभएको हो । प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा बिहीबार आयोजित कार्यक्रममा कुलपति गोविन्दराज विनोदी र गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले साधकद्वयलाई सम्मानपत्र र नगदले सम्मान गर्नुभएको […]
विपरीत समय (कविता)

नसुनिन सक्छ मनपर्ने गीतहरू उसैगरी मन्त्रमुग्ध सङ्गीतहरू मनपर्ने गफबातहरू भेट नहुन सक्छ मनपरेका मानिसहरू टाढिन सक्छन् स्वार्थ समूहहरू रिसाउन सक्छन् आफ्नै नजिकका मानिसहरू हेर्दाहेर्दै विछोड हुन सक्छन् आफ्नै जीवनसाथीसँग हिँड्दा-हिँड्दै हेर्दाहेर्दै घट्न सक्छ नसोचेको अनेकन् घटनाहरू आफ्नै आँखा अघि नदेखिन सक्छ – मनपर्ने दृश्यहरू राख्नुपर्ने हुनसक्छ-मौनव्रत बार्नुपर्ने हुनसक्छ -मिष्टान्न भोजन हराउन सक्छ -जीवनको उज्यालो बाँच्नुपर्ने […]
म नै रहिनँ भने ? (कविता)

म नै रहिनँ भने ? सोध्ने मात्र एउटा प्रश्न हो, तर उत्तरमा कसैको दुनियाँ लुकेको छ । म नै रहिनँ भने घडी उस्तै बज्छ होला, चन्द्रमा पनि उस्तै उदाउँछ, तर कसैको साँझ चिसो हुन्छ कसैको बिहान बिना उत्साह सुरु हुन्छ । म बोल्दाको स्वर सम्झनेहरु छन् म हाँस्दाको झझल्कोमा बाँचेका मनहरु छन् र त्यही म […]
सुधारको बाटोमा भरतपुर अस्पताल : अवसरसँगै चुनौती

चितवनको स्वास्थ्य सेवामा केन्द्रीय भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालले बुधबार ७०औँ वार्षिकोत्सव मनायो । सात दशकको यात्रा आफैंमा उपलब्धिको कथा हो, तर उत्सव सानो हलमा सीमित हुनु प्रतीकात्मक रूपमा अझै बाँकी रहेका पूर्वाधारगत कमजोरीको संकेत पनि हो । दैनिक तीन हजारसम्म बिरामीको चाप थेगिरहेको अस्पतालसँग पर्याप्त क्षमताको सभाहल नहुनु सामान्य कुरा होइन । यद्यपि, […]