गैंडाकोट प्रज्ञा पुरस्कारबाट सुवर्ण र शारदा सम्मानित

गैंडाकोट, २६ चैत ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको चौथो स्थापना दिवसका अवसरमा यहाँका दुईजना साधक सम्मानित हुनुभएको छ । गैंडाकोट प्रज्ञा पुरस्कार – २०८२ बाट कलासाधक सुवर्ण प्रधान र संगीतसाधक शारदा सापकोटा सम्मानित हुनुभएको हो ।

प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा बिहीबार आयोजित कार्यक्रममा कुलपति गोविन्दराज विनोदी र गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले साधकद्वयलाई सम्मानपत्र र नगदले सम्मान गर्नुभएको हो । सम्मानको राशि जनही २५ हजार रुपैयाँ छ ।
सम्मानित स्रष्टाका बारेमा उपकुलपति भीमप्रसाद शर्माले बोल्नुभएको थियो भने कार्यक्रमलाई मुना धनञ्जयले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उदय अधिकारी, गोविन्द कोइराला, इन्द्रराज पौडेल, बाबुराम पाण्डे, उदयनाथ रेग्मी, विष्णु पन्थी, भूमिका गैरे तिमिल्सिना, सिर्जन लम्साल, सुजन अधिकारी, भूमिश्वर पौडेल, कृष्ण उदासी, शोभा खनाल कोइराला, विश्वराज लम्साल, नारायणप्रसाद तिवारीलगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट