नसुनिन सक्छ मनपर्ने गीतहरू
उसैगरी
मन्त्रमुग्ध सङ्गीतहरू
मनपर्ने गफबातहरू
भेट नहुन सक्छ
मनपरेका मानिसहरू
टाढिन सक्छन्
स्वार्थ समूहहरू
रिसाउन सक्छन्
आफ्नै नजिकका मानिसहरू
हेर्दाहेर्दै विछोड हुन सक्छन्
आफ्नै जीवनसाथीसँग
हिँड्दा-हिँड्दै
हेर्दाहेर्दै
घट्न सक्छ नसोचेको अनेकन् घटनाहरू
आफ्नै आँखा अघि
नदेखिन सक्छ – मनपर्ने दृश्यहरू
राख्नुपर्ने हुनसक्छ-मौनव्रत
बार्नुपर्ने हुनसक्छ -मिष्टान्न भोजन
हराउन सक्छ -जीवनको उज्यालो
बाँच्नुपर्ने हुन सक्छ -तथाकथित अँध्यारोमा
त्याग्नुपर्ने हुनसक्छ -पक्षधरता
बिनाश हुनसक्छ -विकासका नाममा
निरोध हुनसक्छ – विरोधका नाममा
ख्याल गर्दैरहनू
चनाखो रहिरहनू
हुलमुलमा ज्यान जोगाउनू
अनिकालमा बिउ जोगाउनू
समय
विपरीत भएको बेला
जे पनि हुन सक्छ !

(कवि खनाल रत्ननगर वाङ्मय परिषद्का सदस्य सचिव हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट