म नै रहिनँ भने ?
सोध्ने मात्र एउटा प्रश्न हो,
तर उत्तरमा कसैको दुनियाँ लुकेको छ ।
म नै रहिनँ भने
घडी उस्तै बज्छ होला, चन्द्रमा पनि उस्तै उदाउँछ,
तर कसैको साँझ चिसो हुन्छ
कसैको बिहान बिना उत्साह सुरु हुन्छ ।
म बोल्दाको स्वर सम्झनेहरु छन्
म हाँस्दाको झझल्कोमा बाँचेका मनहरु छन्
र त्यही म नहुँदा,
कसैको मनमा सधैंभरि अभाव भएर पनि म बाँचिरहन्छु ।
म नै रहिनँ भने त…
मलाई माया गर्ने कोही त अड्किएर रुन्छ,
एक्लै — मेरो याद समातेर ।।




