शशिकला पाठकको नेतृत्वमा लायन्स क्लब अफ नारायणगढ पुष्पाञ्जलिको नयाँ कार्यसमिति चयन

चितवन, २५ चैत ।
लायन्स क्लब अफ नारायणगढ पुष्पाञ्जलिको छैटौँ साधारणसभा तथा अधिवेशनले लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

अधिवेशनबाट अध्यक्षमा शशिकला पाठक चयन हुनुभएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा सङ्गीता क्षेत्री, द्वितीय उपाध्यक्षमा मीना भण्डारी पौडेल, सचिवमा शर्मिला पौडेल र कोषाध्यक्षमा सिर्जना श्रेष्ठ चयन हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूले क्लबका सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी सदस्यहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट