शशिकला पाठकको नेतृत्वमा लायन्स क्लब अफ नारायणगढ पुष्पाञ्जलिको नयाँ कार्यसमिति चयन

चितवन, २५ चैत । लायन्स क्लब अफ नारायणगढ पुष्पाञ्जलिको छैटौँ साधारणसभा तथा अधिवेशनले लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा शशिकला पाठक चयन हुनुभएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा सङ्गीता क्षेत्री, द्वितीय उपाध्यक्षमा मीना भण्डारी पौडेल, सचिवमा शर्मिला पौडेल र कोषाध्यक्षमा सिर्जना श्रेष्ठ चयन हुनुभएको छ । […]

संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्दै कार्यदलको प्रारम्भिक बैठक

काठमाडौं, २५ चैत । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२ चैत २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । ​प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । ​बैठकमा उठेका […]

भरतपुर अस्पतालका विष्णुप्रसाद बास्तोला उत्कृष्ट कर्मचारी सम्मानित

चितवन, २५ चैत । भरतपुर अस्पतालको ७०औँ वार्षिकोत्सवका अवसरमा ल्याब टेक्निसियन विष्णुप्रसाद बास्तोलालाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ । अस्पतालमा कार्यरत बास्तोलालाई उनको कार्यकुशलता, जिम्मेवारीपूर्ण सेवा र उच्च व्यावसायिक क्षमताका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरिएको हो । उनलाई अस्पताल विकास समितिका अध्यक्ष ढुण्डीराज पौडेल र जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा […]

सन्तुलित कूटनीति र समृद्धिको मार्गमा नयाँ पहल

नेपालको समकालीन राजनीतिक परिवेशमा सुशासन, स्थायित्व र समृद्धि प्रमुख बहसका विषय बनेका छन् । यस्तो सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कूटनीतिक सम्बन्ध सुदृढ गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने र शान्तिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु सकारात्मक संकेतका रूपमा लिन सकिन्छ । बुधबार आयोजित राजदूतहरूसँगको सामूहिक भेटघाटमा व्यक्त विचारहरूले सरकारको दूरदर्शी सोच र सन्तुलित वैदेशिक […]

राजदूतहरूसँग प्रधानमन्त्री शाहको सन्देश : शान्ति र सहकार्य अपरिहार्य

काठमाडौं, २५ चैत  प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित सामूहिक शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकार सबै देशहरुसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित […]

निजी क्षेत्र–सञ्चार सहकार्यले अर्थतन्त्रमा टेवा: अध्यक्ष ढकाल

काठमाडौं, २५ चैत । नेपाल उद्योग वाणिज्य महासंघले पत्रकार तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । कार्यक्रममा उनले पत्रकारितालाई समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्तिका रूपमा व्याख्या गर्दै सञ्चार क्षेत्रको भूमिकाको उच्च प्रशंसा गरे। अध्यक्ष […]

‎यो जिन्दगी त साँच्चै एक्लो सफर रहेछ (गजल)

‎ ‎गजल ‎यो जिन्दगी त साँच्चै एक्लो सफर रहेछ ‎यात्रा फरक फरक छन् हेर्ने नजर रहेछ ‎ ‎लाचार देख्छ नजरले रोगी भएर बस्दा ‎लाचारपन भनेको नैतिक असर रहेछ ‎ ‎सुन्दर भविष्य खोज्दै सम्पति खटेर जोड्छौँ ‎जाँदैन साथ केही व्यर्थै फिकर रहेछ ‎ ‎जानै छ एक दिन यो धर्ती बिदा भएरै ‎सोच्दैन मृत्यु बारे कस्तो कहर […]

तिमी हाँस्यौ संसारै उज्यालो भए झैँ लाग्छ (गजल)

गजल तिमी हाँस्यौ संसारै उज्यालो भए झैँ लाग्छ नजिक भयौ जिन्दगीले निकास पाए झैँ लाग्छ सधैँ तिम्रै वरिपरि रुमल्लिन्छ यो मन मेरो, जुनी-जुनीको नाता तिमीसँगै गाँसिए झैँ लाग्छ नदेखेमा एकै छिन यो मन कता-कता हराउँछ भेट हुँदा मात्र मुटुले ढुकढुकी पाए झैँ लाग्छ तिम्रो न्यानो साथ पाए पत्थर पनि पग्लिन्छ यहाँ मलाई त हरेक सासमा […]

बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता वैशाख १७ गतेदेखि

मकवानपुर, २५ चैत । मकवानपुरकाे बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी वैशाख १७ गतेदेखि २६ गतेसम्म हुने भएको छ । मंगलबार आयोजक बागमती खेलकुद विकास समितिले पत्रकार भेटघाट गर्दै प्रतियोगिताकाे जानकारी दिएकाे हाे । संयोजक रहरसिं थिङले प्रत्येक वर्ष हुँदै आएको प्रतियोगितामा यस वर्ष आयोजकसहित १० टिम सहभागी हुने […]

कालिका नगरपालिका र अमेरिकी सहरबीच सहकार्यको पहल

भरतपुर, २५ चैत । कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित Fairfax City बीच सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । आज आयोजित भेटघाटमा कालिका नगरपालिकाको टोलीले फेयरफ्याक्स सिटीकी मेयर Catherine Read सँग प्रविधि प्रयोग र उच्चस्तरीय विकासका अभ्यासबारे जानकारी लिँदै अनुभव आदानप्रदान गरेको हो । भेटका क्रममा कालिका नगरपालिकामा कार्यान्वयन भइरहेको जीपीएस प्रणाली, […]