बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता वैशाख १७ गतेदेखि

मकवानपुर, २५ चैत ।
मकवानपुरकाे बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी वैशाख १७ गतेदेखि २६ गतेसम्म हुने भएको छ । मंगलबार आयोजक बागमती खेलकुद विकास समितिले पत्रकार भेटघाट गर्दै प्रतियोगिताकाे जानकारी दिएकाे हाे ।

संयोजक रहरसिं थिङले प्रत्येक वर्ष हुँदै आएको प्रतियोगितामा यस वर्ष आयोजकसहित १० टिम सहभागी हुने जानकारी दिए । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले हरेक वर्ष फाल्गुनमा गोल्डकप आयोजना गर्दै आइरहेको भए पनि यो लिग प्रतियोगिता निर्वाचनकाे कारण पछाडि सार्नुपरेको बताए । आफ्नै रङ्गशालासहित एकेडेमी सञ्चालन गर्दै आएको पालिकाले गोल्डकपका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरूले २५/२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०/१० हजार प्राप्त गर्नेछन् ।

बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा खेलाइने छ । प्रतियोगितामा मलेसियाको पेनाङ फुटबल क्लबसहित चर्च ब्वाईज युनाइटेड, मछिन्द्र क्लब, एपीएफ, त्रिभुवन आर्मी, फ्रेन्ड क्लब, प्लानिङ ब्वाईज युनाइटेड, बागमती युथ क्लब, जीतपुर सिमरा क्लब र आयोजक टिम सहभागी रहने छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट