काठमाडौं, २५ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघले पत्रकार तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।
कार्यक्रममा उनले पत्रकारितालाई समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्तिका रूपमा व्याख्या गर्दै सञ्चार क्षेत्रको भूमिकाको उच्च प्रशंसा गरे। अध्यक्ष ढकालले आफ्नो कार्यकालमा नीतिगत सुधार, लगानी प्रवर्द्धन, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा उल्लेखनीय काम भएको दाबी गरे ।
आर्थिक चुनौतीका बीच निजी क्षेत्रलाई सक्रिय र चलायमान बनाउन विभिन्न पहल गरिएको उल्लेख गर्दै उनले पत्रकारहरूको निरन्तर साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।




