भरतपुर अस्पतालका विष्णुप्रसाद बास्तोला उत्कृष्ट कर्मचारी सम्मानित

चितवन, २५ चैत ।
भरतपुर अस्पतालको ७०औँ वार्षिकोत्सवका अवसरमा ल्याब टेक्निसियन विष्णुप्रसाद बास्तोलालाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ ।

अस्पतालमा कार्यरत बास्तोलालाई उनको कार्यकुशलता, जिम्मेवारीपूर्ण सेवा र उच्च व्यावसायिक क्षमताका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरिएको हो । उनलाई अस्पताल विकास समितिका अध्यक्ष ढुण्डीराज पौडेल र जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सरल, सहयोगी र आत्मीय स्वभावका रूपमा परिचित बास्तोलाले अस्पतालको रक्तसञ्चार (ब्लड बैंक) सेवाको सुधार र व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा अस्पतालको सेवा विस्तार, गुणस्तर सुधार तथा आगामी स्वास्थ्य योजनाबारे समेत छलफल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट