गजल
तिमी हाँस्यौ संसारै उज्यालो भए झैँ लाग्छ
नजिक भयौ जिन्दगीले निकास पाए झैँ लाग्छ
सधैँ तिम्रै वरिपरि रुमल्लिन्छ यो मन मेरो,
जुनी-जुनीको नाता तिमीसँगै गाँसिए झैँ लाग्छ
नदेखेमा एकै छिन यो मन कता-कता हराउँछ
भेट हुँदा मात्र मुटुले ढुकढुकी पाए झैँ लाग्छ
तिम्रो न्यानो साथ पाए पत्थर पनि पग्लिन्छ यहाँ
मलाई त हरेक सासमा तिम्रो सुवास आए झैँ लाग्छ
कति गहिरो छ यो माया भनी कसरी नापूँ म
सागर भन्दा पनि गहिरो प्रेम यो भए झैँ लाग्छ ।।





