‎यो जिन्दगी त साँच्चै एक्लो सफर रहेछ (गजल)


‎गजल

‎यो जिन्दगी त साँच्चै एक्लो सफर रहेछ
‎यात्रा फरक फरक छन् हेर्ने नजर रहेछ

‎लाचार देख्छ नजरले रोगी भएर बस्दा
‎लाचारपन भनेको नैतिक असर रहेछ

‎सुन्दर भविष्य खोज्दै सम्पति खटेर जोड्छौँ
‎जाँदैन साथ केही व्यर्थै फिकर रहेछ

‎जानै छ एक दिन यो धर्ती बिदा भएरै
‎सोच्दैन मृत्यु बारे कस्तो कहर रहेछ

‎जीवन गुमेर जाँदा परलोक भन्छ मान्छे
‎संसार एक पलको सुन्दर घर रहेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट