माडीमा स्वास्थ्य शिविर : ७६१ जनाको उपचार

माडी, २२ चैत ।

माडी-१, बरुवा बजारमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा २४८ जना बालबालिका सहित ७६१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

सौराहास्थित ग्रीन सोसाइटी नेपालको आयोजना र माडी–१ वडा कार्यालयको सह-आयोजनामा शिविर गरिएकाे हाे ।

शिविरमा २४८ बालबालिका तथा ५१३ जना पुरुष महिलाले स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक श्रीलाल परियारले जाकारी दिनुभयाे ।

यसबाहेक, न्यूरो सम्बन्धी स्वास्थ्य समस्या भेटिएका १४ र ९ महिना उमेरका दुई बालबालिकालाई थप (निःशुल्क) उपचारका लागि आयोजक संस्थाले भरतपुर लगेको वडाध्यक्ष अमित लामाले बताउनुभयो ।

शिविरमा सुगर तथा प्रेसरका बिरामीको परीक्षण, जनरल हेल्थ चेकअप, दन्तरोग, फिजियोथेरापी, बाल रोग, स्त्रीरोग, रक्त परीक्षण, दन्तमञ्जन र ब्रस वितरण, निःशुल्क औषधि वितरण, सेनिटरी प्याड वितरण, एक्सरे परीक्षण र बालबालिकाहरुका लागि लिटो वितरण समेत भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट