८ वर्षदेखि अलपत्र पतरे खोला पुल: माडीवासीको सास्ती, संसदमा किन मौनता ?

चितवन, २२ चैत । माडी नगरपालिका अन्तर्गत माडी–ठोरी हुलाकी राजमार्गमा पर्ने पतरे खोलाको पुल विगत करिब ८ वर्षदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासीले विशेषगरी वर्षायाममा गम्भीर सास्ती खेप्न बाध्य भएका छन् । २०७४ असार ११ गते करिब ३ करोड ४० लाख रुपैयाँमा ठेक्का दिइएको उक्त पुल निर्माण कार्यमा चार पटकसम्म म्याद थपिए पनि उल्लेखनीय प्रगति हुन […]

गैँडाकोटमा नारायणी नदीमाथि राष्ट्रिय पर्यटन काव्य उत्सव सुरु

नवलपरासी, २२ चैत । नवलपरासीपूर्वको गैँडाकोटमा राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२ सुरु भएको छ । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट सहभागी भएका १०० भन्दा बढी सर्जकहरुले उत्सवमा पर्यटन सम्बन्धी रचना वाचन, कार्यपत्र प्रस्तुत, काव्य विमर्शलगायतका क्रियाकलाप गर्ने जनाइएको छ । नारायणी नदीमा सञ्चालित नेपालकै पहिलो र एकमात्रै राइनो क्रुजमा सञ्चालित राष्ट्रिय पर्यटन काव्य उत्सवको पहिलो दिन आइतबार […]

नियमविपरीत भर्ना र शुल्क असुल नगर्न विद्यालयलाई मन्त्रालयको कडा निर्देशन

काठमाडौँ, २२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई नियमविपरीत भर्ना प्रक्रिया सञ्चालन नगर्न तथा अवैध रूपमा शुल्क असुल नगर्न कडा निर्देशन दिएको छ । मन्त्रालयका अनुसार केही विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) तथा सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क लिने गरेको […]

क्यान्सर पीडित महिलालाई बन्दीपुर सामाजिक विकास समितिको सहयोग

चितवन, २२ चैत । स्तन क्यान्सरबाट पीडित बन्दीपुर–४ भैंसेखारकी ४१ वर्षीया कमलादेवी धमला जोशीको उपचारका लागि सहयोगी हातहरू थपिएका छन् । बन्दीपुर सामाजिक विकास समिति, तनहुँका आजीवन सदस्य छायाँ श्रेष्ठले आज अस्पतालमै पुगेर ७१ हजार ५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । संस्थाका अध्यक्ष यादवलाल श्रेष्ठ र महासचिव रेखा श्रेष्ठको पहलमा तथा आजीवन सदस्य […]

माडीमा स्वास्थ्य शिविर : ७६१ जनाको उपचार

माडी, २२ चैत । माडी-१, बरुवा बजारमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा २४८ जना बालबालिका सहित ७६१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । सौराहास्थित ग्रीन सोसाइटी नेपालको आयोजना र माडी–१ वडा कार्यालयको सह-आयोजनामा शिविर गरिएकाे हाे । शिविरमा २४८ बालबालिका तथा ५१३ जना पुरुष महिलाले स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक श्रीलाल परियारले जाकारी दिनुभयाे […]