नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ सार्वजनिक

भरतपुर, २१ चैत ।
उपन्यासकार नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ सार्वजनिक भएको छ ।

आइतबार नेपाल पर्यटन बोर्डको हलमा सार्वजनिक उपन्यासमाथि संस्कृतिविद् प्राडा वीणा पौडेलले समीक्षात्मक टीप्पणी गरिन् । साहित्यमा इतिहासलाई आधार मानेर लेख्ने महिला साहित्यकार नेपालमा निकै कम रहेको भन्दै उनले यो उपन्यासले इतिहासको एक हिस्सालाई दस्ताबेजीकरण गरेको बताइन् । दसौँ शताब्दीयताको एउटा सांस्कृतिक रहनसहनबारे प्रतिबिम्ब झल्किने उपन्यास राजमाताले त्यस कालखण्डको धेरै नालीबेली समेटेको पौडेलले टिप्पणी गरिन् ।

सन् २०१९ देखि राजमाता उपन्यास लेख्न थालेको लेखक कार्कीले बताइन् । बीचमा कोरोना महामारीले उपन्यास थन्कियो । त्रासपूर्ण क्षणमा आउने भावनाले त्यतिबेला अल्झाएको थियो, उनले भनिन्, अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेकी छु ।

उपन्यास फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

साहित्यकार नीलम कार्की निहारिका प्रतिष्ठित मदन पुरस्कार र पद्मश्री पुरस्कार प्राप्त लेखक हुन् । उपन्यास ‘योगमाया’ का लागि उनलाई २०७४ सालको मदन पुरस्कार प्रदान गरिएको थियो भने त्यसपछि चीरहरण उपन्यासका लागि उनले पद्मश्री पुरस्कार पाएकी थिइन् । ऐतिहासिक विषयमा रुचि राख्ने र इतिहासका पात्रलाई आख्यानमा ढाल्न रुचाउने उनका छ उपन्यास, तीन कथासंग्रह, एउटा लामो कथा र एउटा कविता संग्रह प्रकाशित भइसकेका छन् । अमेरिकामा बसेर पनि साहित्य सिर्जनामा निरन्तर लागिपरेकी उनी लामो खोज–अनुसन्धान गरेर पात्र खोज्न र लेख्न रुचाउँछिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट