शारदानगर जेसीजको स्थापना दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न

चितवन, २० चैत ।
शारदानगर जेसीजको २७औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत भित्तेपात्रो विमोचनसहित विविध सम्मान तथा औपचारिक गतिविधिहरू सम्पन्न गरिएका थिए ।

कार्यक्रमका समाध्यक्ष वर्ष २०२६ का शाखा अध्यक्ष जेसी रमेश घिमिरे रहनुभएको थियो । प्रमुख अतिथिका रूपमा वर्ष २००७ का शाखा अध्यक्ष, वर्ष २००८ का नेपाल जेसीजका उपाध्यक्ष तथा बोर्ड अफ ट्रस्टीजका अध्यक्ष जेसी हरिराज अर्यालको उपस्थिति रहेको थियो ।

विशेष अतिथिका रूपमा ‘विस हजार जेसीज’का संस्थापक अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२६ का अध्यक्ष सचिवालय प्रमुख जेसी विकास सापकोटा, वर्ष २०२० की शाखा अध्यक्ष तथा वर्ष २०२१ की राष्ट्रिय उपाध्यक्ष जेसी प्रमिशा काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा पूर्व अध्यक्षहरू जेसी राजु रानाभाट, जेसी तम बहादुर पुन, जेसी मसिना गुरुङ, जेसी तुल्सीराम पाण्डे, जेसी भुवन सापकोटा, जेसी लोकराज सापकोटा, निवर्तमान अध्यक्ष जेसी लक्ष्मी के.सी. लगायत विभिन्न शाखाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

साथै ‘विस हजार जेसीज’का अध्यक्ष जेसी जीवन ढकाल, सौराहा लेडी जेसीजका अध्यक्ष जेसी शिल्पा विडारी, गीतानगर जेसीजका अध्यक्ष जेसी मनिता तमाङ, देवघाट जेसीजका अध्यक्ष जेसी अर्जुन सुवेदी, वासामाडी जेसीजका अध्यक्ष जेसी दिपेन्द्र यादव, पर्साखैरहनी जेसीजका अध्यक्ष जेसी धनवीर चौधरी तथा नेरेसो उपशाखा शारदानगरका शिवदत्त सापकोटाको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा शारदानगर जेसीजका पूर्व अध्यक्षहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । साथै सप्ताहव्यापी कार्यक्रमका संयोजक तथा विभिन्न शाखाका पदाधिकारीहरूलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा शारदानगर जेसीजको भित्तेपात्रो औपचारिक रूपमा विमोचन गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जेसी अन्जली बरुवालले व्यक्त गर्नुभएको थियो भने जेसीज आस्थापाठ जेसी श्रीयासी सेढाईले वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव जेसी दिपेश आचार्यले गर्नुभएको थियो।
स्थापना दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमले संगठनको सक्रियता, नेतृत्व विकास तथा सामाजिक योगदानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट