`पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी तालिम सम्पन्न

भरतपुर, १९ चैत ।

चितवनमा क्रियाशील पत्रकारहरूलाई ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र चितवन शाखाको सहकार्यमा आयोजित तालिम बिहीबार सम्पन्न भएको हो ।

तालिमका प्रशिक्षक तथा गोरखापत्र दैनिकका सह–सम्पादक अजय शर्माले पत्रकारका लागि डिजिटल साक्षरता र पत्रकारितामा एआईको प्रयोगबारे प्रशिक्षण दिए । प्रविधिको तीव्र विकाससँगै पत्रकारहरूले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले एआईमार्फत समाचार लेखन, समाचार वाचन तथा फोटो/भिडियो सामग्री उत्पादन गर्ने तरिकाबारे जानकारी गराए ।

यस्तै, प्रशिक्षक राजन गौतमले सुरक्षित ‘सर्च इन्जिन’ का प्रकार, एआईमा स्पष्ट निर्देशन दिने ‘प्रम्प्ट’ लेखनलगायत विषयमा प्रशिक्षण दिएका थिए ।

बुधबार आयोजित उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पत्रकारहरूलाई ज्ञान आर्जन गर्ने अवसर प्रदान गरेकोमा बागमती प्रदेश सरकारप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, महासचिव राधेश्याम खतिवडा तथा पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट