पर्यावरण र साहित्यको संगम : स्याङ्जामा पहिलो हरित काव्य उत्सव

स्याङ्जा, १६ जेठ ।
नेपाली लेखक सङ्घ स्याङ्जाको चौथो जिल्ला अधिवेशनसँगै ऐतिहासिक प्रथम स्याङ्जा पर्या/हरित काव्य उत्सव–२०८३ सम्पन्न भएको छ । कार्यक्रम वालिङ खेलमैदानस्थित पतञ्जलि योगपीठको सभाकक्षमा शनिबार आयोजना गरिएको हो ।

युवा स्रष्टा युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य, पर्यावरण र सिर्जनशीलताको महत्त्वबारे चर्चा गरिएको थियो । यस अवसरमा शिवकुमार अधिकारीको कथाकृति ‘कोपिला’ को सामूहिक लोकार्पण गरिएको थियो । उक्त कृति देवीप्रसाद वनवासी र मिलन समीरले सम्पादन गरेका हुन् ।

कार्यक्रममा अग्रज तथा समकालीन साहित्यकारहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले साहित्यले समाज र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

हरित काव्य उत्सवअन्तर्गत विभिन्न स्रष्टाहरूले पर्यावरण, प्रकृति, स्वच्छता र सामाजिक चेतनासँग सम्बन्धित कविता, गजल तथा मुक्तक वाचन गरेका थिए । सहभागी स्रष्टाहरूले वातावरण संरक्षणप्रति सचेतना जगाउने सशक्त रचना प्रस्तुत गरेका थिए ।

यसैबीच सम्पन्न चौथो जिल्ला अधिवेशनले पारिश्वर न्यौपानेको अध्यक्षतामा १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा युवराज सुवेदी, महिला उपाध्यक्षमा शान्ता थापा, सचिवमा गुरुप्रसाद ढकाल, कोषाध्यक्षमा शोभाकान्त रेग्मी र सहसचिवमा मुनाल गोदार चयन भएका छन् । सदस्यहरूमा राजु गैह्रे, जिबी राना, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, पारु थापा पल्ली र सरस्वती अर्याल काफ्ले रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले साहित्यिक गतिविधिलाई अझ प्रभावकारी बनाउँदै स्याङ्जामा सिर्जनशील अभियानलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य पारिश्वर न्यौपानेले दिएका थिए भने संयोजन नेपाली लेखक सङ्घका केन्द्रीय सचिव तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट