योगी नरहरिनाथ आश्रममा लिफ्टसहितको धर्मशाला बनाउने मुख्यमन्त्री बानियाँको घोषणा

भरतपुर, १६ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भरतपुर–आँपटारीस्थित योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा सुविधासम्पन्न धर्मशाला निर्माण गरिने बताएका छन् । शनिबार आफ्ना दुई मन्त्रीसहित श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञस्थल पुगेर दर्शन तथा पूजाअर्चना गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । यसअघि शुक्रबार अशोकराज सिग्देल ले पनि महायज्ञस्थल पुगेर दर्शन तथा पूजाअर्चना गरेका थिए । भक्तजनलाई […]

पर्यावरण र साहित्यको संगम : स्याङ्जामा पहिलो हरित काव्य उत्सव

स्याङ्जा, १६ जेठ । नेपाली लेखक सङ्घ स्याङ्जाको चौथो जिल्ला अधिवेशनसँगै ऐतिहासिक प्रथम स्याङ्जा पर्या/हरित काव्य उत्सव–२०८३ सम्पन्न भएको छ । कार्यक्रम वालिङ खेलमैदानस्थित पतञ्जलि योगपीठको सभाकक्षमा शनिबार आयोजना गरिएको हो । युवा स्रष्टा युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य, पर्यावरण र सिर्जनशीलताको महत्त्वबारे चर्चा गरिएको थियो । यस अवसरमा शिवकुमार अधिकारीको कथाकृति ‘कोपिला’ को […]

`पठन संस्कृति हराएको होइन, झन् मौलाएको छ´

भरतपुर, १६ जेठ । ‘पठन संस्कृति : उत्कर्ष कि अपकर्ष ?’ शीर्षकमा शनिबार चितवनमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेपालमा पठन संस्कृति हराएको नभई समयअनुसार नयाँ स्वरूपमा विस्तार हुँदै गएको बताएका छन् । बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) अन्तर्गत आयोजित उक्त सत्रमा पाठक, लेखक, प्रकाशक तथा पुस्तक व्यवसायीहरूले वर्तमान पठन प्रवृत्ति, पुस्तक छनोट, डिजिटल माध्यमको प्रभाव […]

साहित्यले समाजलाई सचेत बनाउने माध्यम : भरतपुरमा दोस्रो बागमती साहित्य महोत्सव सुरु

भरतपुर, १६ जेठ । बागमती प्रदेशको सांस्कृतिक तथा साहित्यिक गौरवलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित चितवनको भरतपुरमा आजदेखि ‘दोस्रो बागमती साहित्य महोत्सव–२०८३’ भव्य रूपमा सुरु भएको छ । ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित आयोजित महोत्सवले साहित्यका माध्यमबाट समाजलाई सचेत, सिर्जनशील र जागरूक बनाउने लक्ष्य लिएको छ । बागमती प्रदेश सरकारको […]

बागमती साहित्य महोत्सव–२०८३ चितवनमा सुरु, साहित्य र संस्कृतिको संगम

भरतपुर, १६ जेठ । ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) शुक्रबारदेखि चितवनमा सुरु भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा नारायणगढस्थित चितवन उद्योग वाणिज्य सङ्घको सभाहलमा महोत्सव सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको […]