सहिद शिव पौडेल स्मृति राष्ट्रिय साहित्य पुरस्कार `बखान´लाई

भरतपुर, १४ चैत ।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक कृति ‘बखान’ लाई यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ ।

साहित्य सङ्गम चितवनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक उपन्यास ‘बखान’ का लागि पराजुलीलाई दिइएको हो । शनिबार श्री नारायणी नमुना मावि भरतपुरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शशिकिरण रेग्मी,  अतिथि अनिल शर्मा विरहीलगायतले २० हजार रुपैयाँ राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा पराजुलीलाई सम्मान गर्नुभएको हो ।

उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ । कार्यक्रममा प्राडा कर्णबहादुर बानियाँले बखान उपन्यासबारे टिप्पणी राख्नुभएको थियो । चितवन सहिदहरूको बलिदानले सिंचित भूमि भएको र सोही पृष्ठभूमिमा लेखिएको ऐतिहासिक बखान उपन्यास चितवन चिनाउने कृति भएको बानियाँले बताउनुभयो । कार्यक्रममा समालोचक उदय अधिकारी, बालकृष्ण थपलिया र प्रकाश चापागाईंले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्या भण्डारी चिरागले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई सचिव लीलाधर पौडेलले सहजीकरण गर्नुभएको थियो ।

वि.सं. २०६४ मा स्थापना भएको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कारबाट यसअघि १२ जना स्रष्टा सम्मानित भइसकेका छन् । पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ तथा अंग्रेजी कथासंग्रह ‘ड्रिमी आइज’ प्रकाशित छन् । झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय पराजुली हाल चितवनलाई आधार बनाएर पत्रकारिता गर्दै आउनुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट