शारदानगर जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

चितवन, १४ चैत । शारदानगर जेसीजले सप्ताहव्यापी कार्यक्रम शनिबारदेखि सुरु गरेको छ । कार्यक्रमको पहिलो दिन भरतपुर महानगरपालिका–१७ स्थित मनकामना मन्दिर परिसरमा बृहत् सरसफाइ तथा वृक्षारोपण गरिएको छ । जेसीजका अध्यक्ष जेसी रमेश घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मनकामना मन्दिर व्यवस्थापन समितिका सचिव भरतराज पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरू प्रदीप चौधरी र […]
देवघाटमा ‘सशक्त नारी, सबल समाज’ कार्यक्रम भव्य रूपमा सम्पन्न

देवघाटधाम, १४ चैत । देवघाटधाम जेसीजको आयोजनामा “सशक्त नारी, सबल समाज” भन्ने प्रेरणादायी नारासहित महिला सशक्तिकरणसम्बन्धी विशेष कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न भएको छ । कार्यक्रम नमस्ते देवघाट गार्डेन रिसोर्टमा आयोजना गरिएको थियो । कार्यक्रमको संयोजन देवघाटधाम जेसीज वर्ष २०२६ की कार्यकारिणी उपाध्यक्ष जेसी स्वस्तिका धितालले गर्नुभएको थियो भने सभापतित्व अध्यक्ष जेसी अर्जुन सुवेदीले […]
विश्व रङ्गमञ्च दिवसमा चितवनमा ‘अङ्गुलीमाल’ नाटक मञ्चन

भरतपुर, १४ चैत । विश्व रङ्गमञ्च दिवस (मार्च २७) का अवसरमा चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा बुद्ध दर्शनमा आधारित नाटक ‘अङ्गुलीमाल’ मञ्चन गरिएको छ । नाटक नारायणी कला मन्दिर र तरङ्ग नाट्य समूहको संयुक्त प्रस्तुति हो, जसको लेखन तथा निर्देशन रङ्गकर्मी देवकुमार श्रेष्ठले गर्नुभएको हो । बुद्धकालीन कथामा आधारित नाटकमा वेद–वेदाङ्ग संस्कृत विद्यापीठका छात्रहरू देवेन्द्र […]
सहिद शिव पौडेल स्मृति राष्ट्रिय साहित्य पुरस्कार `बखान´लाई

भरतपुर, १४ चैत । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक कृति ‘बखान’ लाई यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ । साहित्य सङ्गम चितवनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक उपन्यास ‘बखान’ का लागि पराजुलीलाई दिइएको हो । शनिबार श्री नारायणी नमुना मावि भरतपुरमा आयोजित कार्यक्रममा संस्थाका […]