शारदानगर जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

चितवन, १४ चैत ।
शारदानगर जेसीजले सप्ताहव्यापी कार्यक्रम शनिबारदेखि सुरु गरेको छ । कार्यक्रमको पहिलो दिन भरतपुर महानगरपालिका–१७ स्थित मनकामना मन्दिर परिसरमा बृहत् सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।

जेसीजका अध्यक्ष जेसी रमेश घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मनकामना मन्दिर व्यवस्थापन समितिका सचिव भरतराज पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरू प्रदीप चौधरी र भुवन सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संयोजक श्रेयासी सेडाईंले राख्नुभएको थियो भने धन्यवाद ज्ञापन अञ्जली वरूवालले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव जेसी दीपेश आचार्यले गर्नुभएको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नारी सशक्तीकरण, साइबर सुरक्षा सचेतना तथा स्वास्थ्य शिविर लगायतका विविध कार्यक्रम आयोजना गरिने महासचिव आचार्यले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट