न्युजिल्याण्डबाट पनि एक्सपर्टको सेवा सुरु

अकल्याण्ड, ११ चैत ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले न्युजिल्याण्डमा आफ्नो सेवा विस्तार गर्दै अकल्याण्डमा नयाँ अफिस सञ्चालनमा ल्याएको छ । २३ वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एक्सपर्टले यससँगै आफ्नो सेवा २५औँ देशमा विस्तार गरेको जनाएको छ ।

कम्पनीका ग्लोबल डाइरेक्टर बद्री अर्यालले अकल्याण्डस्थित नयाँ अफिसको उद्घाटन गरेका हुन् । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको एक्सपर्टको सेवा हाल विश्वभर ९० भन्दा बढी अफिसमार्फत उपलब्ध छ । यस संस्थाले अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, क्यानडा र अमेरिका लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ ।

अफिस उद्घाटन कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्मा र न्युजिल्याण्डका लागि नेपालका वाणिज्य दूत दिनेश खड्कासहित विभिन्न विश्वविद्यालयका प्रतिनिधि तथा विभिन्न समुदायका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

नयाँ अफिस विस्तारसँगै नेपाली विद्यार्थीलाई न्युजिल्याण्ड अध्ययनका लागि आवश्यक परामर्श र सहयोग अझ सहज हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट