छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

मकवानपुर, ११ चैत । बकैया गाउँपालिका–११ घट्टेपाखामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री बोकेको ट्रक अनियन्त्रित भई सडक छेउको खाली घरमा ठोक्किँदै करिब १५० मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा वीरगन्ज […]

चार लेन सडकमा बढ्दो चहलपहलसँगै ट्राफिक कडाइ

भरतपुर, ११ चैत । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म विस्तार गरिएको चार लेन सडकमा बढ्दो सवारी चापलाई व्यवस्थित बनाउन ट्राफिक सचेतना अभियान तीव्र बनाइएको छ । भरतपुर महानगरपालिका र ट्राफिक प्रहरीले संयुक्त रूपमा पुल्चोक–गोन्द्राङ सडक खण्डमा विभिन्न स्थानमा साइनबोर्ड राख्दै सवारी चालक र पैदल यात्रुलाई नियम पालना गर्न आग्रह गरेका छन् । हाल तीव्र गतिमा सञ्चालनमा रहेको […]

पुर्ख्यौली सीपको झल्को : सेतो मत्स्येन्द्रनाथ रथयात्रा नजिकिँदै

काठमाडौं, ११ चैत । चैत शुक्ल अष्टमीदेखि सुरु हुने काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ‘सेतो मत्स्येन्द्रनाथको रथ यात्रा’ को तयारी यतिबेला उत्कर्षमा पुगेको छ । जमलस्थित तीनधारा पाठशाला अगाडि कालीगढ र स्थानीयवासीको सक्रियताले व्यस्त शहरमा छुट्टै धार्मिक रौनक थपिएको छ । सेतो मत्स्येन्द्रनाथको रथ निर्माणमा आधुनिक मेसिनरीभन्दा परम्परागत सीप र सामग्रीकै प्रयोग गरिएको छ। […]

न्युजिल्याण्डबाट पनि एक्सपर्टको सेवा सुरु

अकल्याण्ड, ११ चैत । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले न्युजिल्याण्डमा आफ्नो सेवा विस्तार गर्दै अकल्याण्डमा नयाँ अफिस सञ्चालनमा ल्याएको छ । २३ वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एक्सपर्टले यससँगै आफ्नो सेवा २५औँ देशमा विस्तार गरेको जनाएको छ । कम्पनीका ग्लोबल डाइरेक्टर बद्री अर्यालले अकल्याण्डस्थित नयाँ अफिसको उद्घाटन गरेका हुन् । सन् २००३ मा […]

सौराहामा सपना स्कुलको वार्षिकोत्सव सम्पन्न

रत्ननगर, ११ चैत । पर्यटकीय नगरी सौराहास्थित सपना स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयले आफ्ना शैक्षिक उपलब्धि सार्वजनिक गर्दै अभिभावकलाई व्यवहारिक तथा प्रयोगात्मक शिक्षण विधिबारे जानकारी गराएको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष वर्षा पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले गरेका थिए । २०७३ सालमा स्थापना […]