लस एन्जलसमा इरान युद्धको असर : एउटै सहर, दुई धार

लस एन्जलस, संयुक्त राज्य अमेरिका
दक्षिण क्यालिफोर्नियामा फेरि एकपटक खुला आकाशको दिन थियो, तर लस एन्जलसका सडकहरूमा स्पष्ट विभाजन देखिएको थियो ।

सहरको वेस्टसाइड क्षेत्रमा अमेरिकाले इरानविरुद्ध गरेको आक्रमणको समर्थनमा प्रदर्शनहरू भड्किएका थिए । प्रदर्शनकारीहरूले इरानको पूर्व राजतन्त्रका झण्डा फहराउँदै शासन परिवर्तनको माग गरेका थिए ।

तर केही माइल टाढा लसएन्जलस सिटि हल बाहिर अर्को समूह युद्धको विरोधमा भेला भएको थियो, जसले “इरानमाथि हात नहाल” भन्ने नाराबाजी गरिरहेको थियो । उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै अमेरिका र इजरायलको सैन्य हस्तक्षेपले सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई विनाशतर्फ धकेल्न सक्ने चेतावनी दिएका थिए ।

गत महिना देखिएका यी विरोध–प्रदर्शनहरू तेहराङ्गेलस भनेर चिनिने लसएन्जलसस्थित इरानी समुदायभित्रको गहिरो विभाजनको संकेत हुन् । यो सहर र यसको महानगरीय क्षेत्र इरान बाहिर बस्ने इरानीहरूको सबैभन्दा ठूलो केन्द्र मानिन्छ ।

अनुमानित ३ लाख ७५ हजार इरानी मूलका मानिसहरू क्यालिफोर्नियामा बसोबास गर्छन्, जसमध्ये अधिकांश लसएन्जलस काउन्टीमा छन् । वेस्टसाइड क्षेत्रलाई समुदायको केन्द्र मानिन्छ, जहाँ वेस्टवुड बुलेभार्ड वरिपरि इरानी व्यवसाय, रेस्टुरेन्ट र सांस्कृतिक संस्थाहरू प्रशस्त छन् ।

युद्ध र आप्रवासनका साझा अनुभव हुँदाहुँदै पनि इरानमा जारी द्वन्द्वलाई हेर्ने दृष्टिकोणमा समुदायभित्र ठूलो मतभेद देखिन्छ । केहीका लागि बमबारी अभियानले इरानी सरकार पतन हुन सक्ने आशा जगाएको छ भने अरूले यसलाई पहिले नै सरकारी दमन र अमेरिकी प्रतिबन्धले पीडित इरानी जनतामाथि थप दुःख ल्याउने विपत्ति रूपमा लिएका छन् ।

यद्यपि तेहराङ्गेलसभरि एउटा भावना भने प्रायः समान देखिन्छ—चिन्ता ।
“म यो शासन हटोस् भन्ने चाहन्छु । तर डोनाल्ड ट्रम्प वा इजरायलले मेरो देश र जनताको हित सोच्लान् भन्नेमा म विश्वास गर्न सक्दिनँ,” वर्षौँदेखि आफ्ना आमाबाबुसँग शासन परिवर्तनको प्रदर्शनमा सहभागी हुँदै आएका स्याम गोल्जारीले भने ।

“मैले यस्तो अवस्था कहिल्यै महसुस गरेको थिइनँ। अहिले कुनै सन्तुलन नै छैन ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट