लस एन्जलसमा इरान युद्धको असर : एउटै सहर, दुई धार

लस एन्जलस, संयुक्त राज्य अमेरिका दक्षिण क्यालिफोर्नियामा फेरि एकपटक खुला आकाशको दिन थियो, तर लस एन्जलसका सडकहरूमा स्पष्ट विभाजन देखिएको थियो । सहरको वेस्टसाइड क्षेत्रमा अमेरिकाले इरानविरुद्ध गरेको आक्रमणको समर्थनमा प्रदर्शनहरू भड्किएका थिए । प्रदर्शनकारीहरूले इरानको पूर्व राजतन्त्रका झण्डा फहराउँदै शासन परिवर्तनको माग गरेका थिए । तर केही माइल टाढा लसएन्जलस सिटि हल बाहिर अर्को […]
हुरीले व्यावसायिक केराखेतीमा क्षति

कमलामाई (सिन्धुली), ४ चैत । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेकोे छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो । यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुर्याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिनुभयो । “यहाँ हामीले सात बिघामा व्यावसायिक केराखेती गरेका थियौँ । त्यसमध्ये तीन बिघाको केराखेती […]
सत्ता पाउँदा आँखाको ‘पट्टी’ खोल्नुस् : लामिछानेको सन्देश

काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता प्राप्तिपछि देखिने अहंकार र भ्रमबाट सचेत रहन आफ्ना सांसदहरूलाई कडा चेतावनी दिएका छन् । उनले शक्ति हात परेपछि आँखामा लाग्ने ‘पट्टी’ हटाउन नसके जनताले आफूहरूलाई ३६ दिन पनि नपर्खने स्पष्ट पारे । बुधबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा […]
चलचित्र पत्रकार संघ चितवनमा पहिलोपटक महिला उपाध्यक्ष

चितवन, ४ चैत । चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनबाट बन्दना देवकोटा उपाध्यक्षमा चयन हुँदै पदाधिकारीमा पहिलो पटक महिलाको प्रतिनिधित्व भएको छ । यसअघि पदाधिकारी तहमा महिलाको सहभागिता नभएको संघमा देवकोटाले इतिहास रचेकी हुन् । अधिवेशनबाट गोविन्द अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा देवकोटा, सचिवमा सुशील पन्त, […]
चैत ५ गतेदेखि काठमाडौंमा फ्लोरा एक्स्पो हुँदै

काठमाडौं, ४ चैत । पुष्प व्यवसायको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो–२०८२’ चैत ५ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित सञ्चालन हुने एक्स्पोमा करिब ८३ वटा स्टल रहनेछन् भने […]
समानुपातिक प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक

चितवन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएका घाेषणा गरेकाे छ। आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरुकाे सूची प्रकाशित गर्दै ११० जनालाई निर्वाचित घोषणा गरेकाे हाे । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ […]