चलचित्र पत्रकार संघ चितवनमा पहिलोपटक महिला उपाध्यक्ष

चितवन, ४ चैत ।
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनबाट बन्दना देवकोटा उपाध्यक्षमा चयन हुँदै पदाधिकारीमा पहिलो पटक महिलाको प्रतिनिधित्व भएको छ । यसअघि पदाधिकारी तहमा महिलाको सहभागिता नभएको संघमा देवकोटाले इतिहास रचेकी हुन् ।

अधिवेशनबाट गोविन्द अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा देवकोटा, सचिवमा सुशील पन्त, सहसचिवमा आयुष न्यौपाने र कोषाध्यक्षमा युवराज क्षेत्री चयन भएका छन् ।

कार्यक्रममा वक्ताहरूले चितवनलाई फिल्म नगरी बनाउने सम्भावना रहेको औँल्याउँदै चलचित्र पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । आगामी राष्ट्रिय महाधिवेशन वैशाख ५ गते काठमाडौंमा हुने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट