कांग्रेसको आन्तरिक विश्लेषण : प्रत्यक्षमा ६० बढी सिट जित्ने

काठमाडौँ, १८ फागुन ।
नेपाली कांग्रेसले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ६० बढी सिट जित्ने र समानुपातिकतर्फ ३५ सिटसम्म पुग्ने आन्तरिक विश्लेषण गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सय पार गर्ने लक्ष्य नजिक पुगेको जानकारी दिँदै भने, ‘हामीले अबकी बार सय पारको नारा बनाएका छौँ, त्यो लक्ष्य पूरा हुने अवस्थाको हामी नजिक नजिक पुगेका छौँ । आज पार्टीका साथीहरू सम्हाल्न सकेमा लक्ष्य भेटाउन सकिने अवस्था छ ।’

गत पुसमा भएको विशेष महाधिवेशनपछि पार्टीभित्र विवाद देखिएको छ । त्यसका कारण निवर्तमान सभापति शेरबहादुर देउवा र नेताहरू पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. आरजु राणा देउवा चुनावी प्रचारमा सक्रिय छैनन् । देउवा समूहले आधिकारिकताको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ ।

प्रवक्ता चालिसेले भने, ‘हामीलाई आन्तरिक मिलाउन गाह्रो भइरहेको छ। त्यो मिल्यो भने लक्ष्य भेटाउँछौँ ।’ उनका अनुसार काठमाडौँ, सर्लाही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, धनुषा र अन्य १० बढी जिल्लामा जित सुनिश्चित भएको छ । कुन क्षेत्रहरू सुनिश्चित छन् भन्ने खुलाउँदा अन्य दलहरूले रणनीति बनाउने भएकाले सार्वजनिक नगरिएको हो ।

अन्य स्थानमा मत प्रतिस्पर्धा नजिक रहेको र सोमबारको प्रयासले लक्ष्य भेटाउने निष्कर्ष कांग्रेसको रहेको छ । २०७९ सालको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिटसहित पहिलो पार्टीको रूपमा स्थान बनाएको थियो । अहिले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर ६० बढी सिट प्रत्यक्षतर्फ जित्ने आकलन पार्टीको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library