आफ्नो समुदायको उम्मेदवार पाउँदा गुरुङ समुदायमा उत्साह

चितवन, ८ फागुन ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार पाउँदा पश्चिम चितवनका गुरुङ समुदायमा उत्साह बढेको छ । आफ्नो समुदायको उम्मेदवार पाएसँगै गुरुङ समुदायमा उत्साह थपिएको हो ।

शुक्रबार पश्चिम चितवनको ज्योतिनगरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरूले लामो समयपछि प्रतिनिधि सभा निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार पाएको भन्दै खुशी व्यक्त गरेका छन् । विश्वज्योति जुनेली आमा समाजको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा बोल्ने गुरुङ अगुवाहरूले आफ्नो समुदायको उम्मेदवार पाउँदा सबै एक भएर लाग्न आह्वान गरेका थिए ।

समाजकी अध्यक्ष श्रीमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै स्थानीय बलबहादुर गुरुङले राजनीतिक दलभन्दा फरक तरिकाले आफ्नो समुदायलाई हेर्न जरूरी रहेको बताए । उनले भने, “हामीले विगत लामो समयदेखि प्रतिनिधि सभा निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार पाएका थिएनौँ । अहिले टेकप्रसाद गुरुङलाई पाएका छौँ, सबै एक भएर जिताउन आवश्यक छ ।” गुरुङ समुदायमा देखिएको उत्साहले अब केही परिवर्तन हुने प्रदेश सभा सदस्य टीका गुरुङले बताए । उनले भने, “अब हाम्रो समुदायसँगै यस क्षेत्रका जनताको भविष्य बदलिने छ ।” समाज परिवर्तनका लागि राजनीतिक दलभित्र पनि समानुपातिक प्रतिनिधित्व आवश्यक रहेको भन्दै गुरुङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा राम्रो उम्मेदवार हेर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकप्रसाद गुरुङले नेपाली समाजमा देखिएका हरेक राजनीतिक घटनाको साक्षी रहँदै आएको भन्दै यस पटक यही समाजका समस्या समाधान गर्न आफूलाई विजयी गराउन आग्रह गरे । राजनीति कुनै सम्प्रदायका लागि नभई देश विकासका लागि भएकाले यस समुदायसँगै देशको विकासमा आफ्नो अतुलनीय योगदान रहने उनले बताए । पश्चिम चितवनको विकासका लागि आफूले कांग्रेसको राजनीतिमार्फत पुर्‍याएको सहयोगको मूल्याङ्कन गर्न आवश्यक रहेको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट