माडीमा रक्तदान : २३२ जनाको सहभागितासहित नयाँ कीर्तिमान कायम

माडी, ८ फागुन ।
भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा माडीमा नयाँ इतिहास रचिएको छ । प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा कुल २३२ जनाले रक्तदान गर्दै हालसम्मकै सबैभन्दा बढी सहभागिताको कीर्तिमान कायम गरेका छन् ।

रक्तदान गर्नेहरूमध्ये ५२ जना महिला र १८० जना पुरुष रहेका छन् भने ६९ जना नयाँ रक्तदाता सहभागी भएका थिए । दिवङ्गत हास्य कलाकार, शिक्षक तथा पत्रकार भूपराज पाठकको प्रथम स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सोही अवसरमा उहाँको जीवन, योगदान र स्मृतिलाई समेटिएको ‘भूपराज स्मृति ग्रन्थ’को विमोचन समेत गरिएको थियो । साथै, भूपराज असल शिक्षक पुरस्कारबाट जनकराज भुसाल र भूपराज प्रतिभा पुरस्कारबाट पार्वती सुनारलाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट