हेटौँडामा दुर्घटना: मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

मकवानपुर, ५ फागुन ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ सान्नानटारस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग खण्डमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ३ बजेर २० मिनेटको समयमा मनहरीबाट हेटौँडा आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको ट्रिपरले ठक्कर दिएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही जिल्लाका २८ वर्षीय जगदीश थारु घाइते भएकोमा उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । थारुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकलको पछाडि सवार दाङ जिल्लाको राप्ती–६ का २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रिपर चालक हेटौँडा–१५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट