गैँडाकोट मेयर कपको उपाधि लुम्बिनी प्रदेशलाई

गैंडाकोट, ५ फागुन । गैँडाकोटमा सम्पन्न पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । रोमाञ्चक फाइनल खेलमा मधेस प्रदेशलाई ९ विकेटले पराजित गर्दै लुम्बिनीले शानदार जित हात पारेको हो । उपाधिसँगै लुम्बिनी प्रदेशले रु तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मधेस प्रदेशले रु दुई लाख नगद […]
हेटौँडामा दुर्घटना: मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते
मकवानपुर, ५ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ सान्नानटारस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग खण्डमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेर २० मिनेटको समयमा मनहरीबाट हेटौँडा आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको ट्रिपरले ठक्कर दिएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल […]
राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार अर्पण

काठमाडौँ, ५ फागुन । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले नेपाली भाषा–साहित्य, नाटक, ललित कला तथा सङ्गीत साधनामा महत्त्वपूर्ण योगदान पुर्याएका ६ जना स्रष्टाहरूलाई सोमबाट काठमाडौँको पर्यटन बोर्डको हलमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारबाट सम्मानित गरेको छ । प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीको सभापतित्व तथा वरिष्ठ कलाकार किरण मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त […]