राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार अर्पण

काठमाडौँ, ५ फागुन ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले नेपाली भाषा–साहित्य, नाटक, ललित कला तथा सङ्गीत साधनामा महत्त्वपूर्ण योगदान पुर्‍याएका ६ जना स्रष्टाहरूलाई सोमबाट काठमाडौँको पर्यटन बोर्डको हलमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारबाट सम्मानित गरेको छ । प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीको सभापतित्व तथा वरिष्ठ कलाकार किरण मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाहरू नगदसहित सम्मानित भएका हुन् ।

नेपाली नाटक तथा गीत लेखनको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका सेवानिवृत्त प्राध्यापक मनबहादुर मुखियालाई अमूल्य कलाश्री सम्मान २०८२ बाट सम्मानित गरिएको थियो । यसै गरी निबन्ध लेखक, कवि तथा गोरखापत्र तथा मधुपर्क जस्ता विभिन्न पत्रपत्रिकाको सम्पादन गरेर साहित्यमा विशिष्ट योगदान पुर्‍याएका सर्जक श्रीओम श्रेष्ठ रोदनलाई एक लाख रुपैयाँ नगदसहित राष्ट्रिय कलाश्री पुरस्कार २०८२ बाट सम्मान गरिएको छ थियो ।

यसैगरी, कवि निमेष निखिललाई ७५ हजार नगदसहित स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, चित्रकार एस. सी. सुमनलाई ६० हजार नगदसहित थिरछाया राष्ट्रिय कलाश्री पुरस्कार, साहित्यिक पत्रकार तथा लेखक राजेश खनाललाई ५० हजार नगदसहित बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार तथा लोक गायिक एवं सङ्गीत अनुशन्धाता झुमा लिम्बूलाई ५० हजार नगदसहित पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कारबाट सम्मानित गरिएको हो ।

प्रतिष्ठानका उपाध्यक्ष कवि राजेश्वर कार्कीको स्वागत तथा परिचयात्मक मन्तव्यबाट आरम्भ भएको उक्त कार्यक्रममा समालोचक महेश पौड्यालले सबै सम्मानित तथा पुरस्कृत स्रष्टाको परिचय गराएका थिए ।
कार्यक्रम सञ्चालन मणि लोहनीबाट भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट