मुस्ताङ, २५ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले जोमसोम क्षेत्रमा गस्ती सुरु गरेको छ । सेनाले संवेदनशील स्थलहरूमा सुरक्षा बेस क्याम्प स्थापना गरी दिनरात निगरानी र गस्ती गर्दै निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुने सुनिश्चित गर्ने काम थालेको छ ।
यो कदम देशभर सञ्चालन भइरहेका एकीकृत निर्वाचन सुरक्षा व्यवस्थापनको हिस्सा हो । सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीहरू पनि मतदाता र मतदान स्थलको सुरक्षामा तैनाथ छन् ।
सेना र अन्य सुरक्षा निकायहरूले स्थानीय र संवेदनशील क्षेत्रहरूमा अत्याधुनिक सुरक्षा व्यवस्था कायम गर्दै मतदान प्रक्रियामा शान्ति र भरोसा सुनिश्चित गर्ने लक्ष्य राखेका छन् ।





